पाँच दलीय गठबन्धनको विषयमा यसो भने माधव नेपालले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । आज(शनिबार) एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जिल्ला कमिटी डोटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनी सदरमुकाम सिलगढी पुगेका हुन् । अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन् ।’ ।



त्यस्तै फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’

सम्बन्धित समाचार