कोरोनाका कारण १ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ६४१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २९७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७० हजार ६२ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ५६७ रहेको छ । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा छन् भने १४३ जना संस्थागत आइसोलेसन ३३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८६ हजार ५९६ र एन्टिजेन विधिबाट १ लाख ४२ हजार ६३३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार