नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । रूपन्देही, सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ हुनेमा भारत घर भएका ४६ वर्षीय आशि साहु रहेका छन् । लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

