नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको पुष्टि गरेका छन् । राष्ट्रपति बाइडेनले सोमबार राति दिएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताएका हुन् । उनले अमेरिकाको प्रति आतङ्कवादी कारबाही अन्तर्गत अमेरिकाको कारबाहीमा आतङ्कवादी सङ्गठनका नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।
सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट जवाहिरी मारिएका हुन् । जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए ।