आज कति संक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ८१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ४१५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २९९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७० हजार ६२५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ रहेको छ । जसमध्‍ये ४ हजार ९८५ जना होम आइसोलेसनमा छन् भने १५९ जना संस्थागत आइसोलेसन ३८ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८७ हजार ७३७ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार २०१ जना पुगेको छ ।

 

सम्बन्धित समाचार