मृत अवस्थामा ९ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । मुस्ताङ, घरपझोङ गाउँपालिका-५ धुम्बास्थित स्याउ बारीमा धादिङ खनियाबास गाउँपालिका-४ दार्खा घर भएका ४९ वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

स्याउबारीमा पानी लगाउन भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । त्यस्तै स्याङ्जा, पुतलिबजार नगरपालिका-१३ राङखोलास्थित आँधिखोलामा फेदिखोला गाउँपालिका-२ चनौटे बस्ने ५२ वर्षीय श्याम बहादुर गोदार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै तनहुँ, म्याग्दे गाउँपालिका-७ वर भञ्ज्याङ बस्ने ७१ वर्षीया सेती कुमारी सेन आफ्नै घरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता ओखलढुङ्गा, चम्पादेबी गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी कपिलवस्तु, वाणगङ्गा नगरपालिका-६ भकलापुर घाटस्थित वाणगंगा नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छिन् । यस्तै उदयपुर, त्रियुगा नगरपालिका-१२ डिएमगेट बस्ने २० वर्षीय कृष्ण मलाह सहनी सोही नगरपालिका-११ पुरानो गोसलाईनमा मंगलबार मृत अवस्थाम फेला परेका छन् ।

यता अर्घाखाँची, भुमिकास्थान नगरपालिका-१० पाकुस्थित बाटो छेउमा प्युठान गौमुखी गाउँपालिका-४ ठुलाबेशि घर भएका २८ वर्षीय कुशल केसी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ कपासेमा लमही नगरपालिका-१ बस्ने ६० वर्षीय रमेशराज पौडेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धनुषा, मिथिला नगरपालिका-५ बिश्रामपुरस्थित बिश्रामपुर लङगुर खोला नजिक कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार