नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । जाजरकोट, छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका-९ तिनठडिया थानमा सोही नगरपालिका-९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ कुपिखोला बस्ने ६७ वर्षीया दिल कुमारी दर्जी आफ्नै घर अगाडि नालीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुर, कटारी नगरपालिका-४ तित्रिबोट बस्ने ७० वर्षीय पंचबिर दनुवार आफ्नै घर नजिकको इनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता प्यूठान, ऐरावती गाउँपालिका-५ जडिस्थित झिमरूक खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

