निर्वाचनमा सिट बाँडफाँड गर्न बन्यो ११ सदस्यीय कार्यदल, को-को छन् कार्यदलमा ? (सूचीसहित)

सत्ता गठबन्धनको बैठकले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।

यस्तै सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की , नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् ।



त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदलका सदस्यले सीट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्ने भुसालले बताए ।

यो पनि पढ्नुस :

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

सम्बन्धित समाचार