मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१९ मरु गणेशस्थानस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटार बस्ने ललितपुर गोदावारी नगरपालिका-८ घर भएका ५२ वर्षीय राम बहादुर राय बिहीबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ रत्नपार्क बस्ने २८ वर्षीय किसन हिङमाङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० र ११ को सिमानास्थित राप्ती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार