नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मी,मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोर रहेका छन् । किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

