मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काभ्रे, रोशी गाउँपालिका-८ गिम्दीवेशीस्थित रोशी खोलामा नमोबुद्ध नगरपालिका- ५ बस्ने ९० वर्षीय कर्म ध्वज लामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

गत मंगलबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोलाको बीच भागको ढुङ्गामा अड्किरहेको अवस्थामा शव फेला परेको हो ।त्यस्तै कैलाली, भजनी नगरपालिका-५ लालबोझीघाटस्थित कान्द्रा नदी नजिकै खुला चौरमा सोही नगरपालिका-१ गोदाम टोल बस्ने ५० वर्षीय बिपदराम चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली आनन्दपुर खण्डमा बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वास्थित भन्सार कार्यालय नजिकै नालाको छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार