जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा,चैनपुर नगरपालिका- ९ पिलुवाखोला बस्ने २१ वर्षीय दिपक शेर्पा रहेका छन् । संखुवासभा, मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार