बालाजुमा भीषण आगलागी

काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ । आज (बुधबार) बाइपास नजिक रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो ।

आगलागी नियन्त्रणको लागि अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीका कारण नजिकका घरहरू जोखिममा छन् । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।



अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार