नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । आज (बुधबार) बझाङजिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका हुन् ।
स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । मृतकमा पुष्करकी २२ वर्षीया श्रीमती गीता पार्की, छोरी ५ वर्षीया भूमिका र छोरा ३ वर्षीय मोहित रहेका छन् । उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले पुष्करलाई नियन्त्रणमा लिएको छ । पुष्कर गएराति मात्र भारतबाट घर फर्केका हुन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

