नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका-५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै धादिङ, शिद्धलेक गाउँपालिका-४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, भद्रपुर नगरपालिका-७ गार्मेन्ट चोक नजिक बस्ने भारत सोनापिन्जी घर बताउने ५६ वर्षीय मोहन गणेश आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-२ स्थित जुडिबेला जाने बाटोको छेउमा रहेको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

