नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिक रहेका छन् । झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

