नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। आज (शनिबार) बिहान नौ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको हो ।
मुग्लिनबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक पूर्णरूपमा नदीमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी ।

