नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । स्याङजा, हरीनास गाउँपालिका-५ बसनडाँडा बस्ने ६५ वर्षीय हेम बहादुर परियार आफ्नै घरनजिकै बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बारा, निजगढ नगरपालिका-८ स्थित काठेपुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै लमजुङ, मर्स्याङदी गाउँपालिका-८ नन्दे स्वारास्थित घरको पिँडिमा हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

