नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० रहेकोमा शुक्रबार रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० रहेकामा शुक्रबार प्रतितोला रु ९६ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार २५० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।