नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

स्रोत नखुलेको नगद र सुन सहित २ जना पक्राउ परेका छन् । सर्लाही, बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका-७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३१ वर्षीय विशाल खत्री रहेका छन् ।
सर्लाही नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२- ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

