नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँँडा गएको गाडीलाई स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँँडामा स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।
फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि उनीहरु डाँडा गएर ढुंगा र गुलेली हानेपछि झडप भएको हो । झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ ।

