नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० रहेकोमा मंगलबार रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ७०० रहेकामा मंगलबार बार प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार २१० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २२० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।