नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
सावित्री कंचनजंगा अगरबत्तीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरुलाई शुद्ध पिउने पानी, मास्क, अगरबत्ती, तथा क्याप वितरण गरेको छ । विगतका वर्षहरुमा जस्तै यसपटक पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा कम्पनीले पाटन कृष्ण मन्दिर परिसरमा निःशुल्क शुद्ध पिउने पानी, मास्क, अगरबत्ती, तथा क्याप वितरण गरेको हो ।
आज पाटन कृष्ण मन्दिर धाममा हजारौं भक्तजनहरु ब्रत बसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई कम्पनीले उपलब्ध गराएको निःशुल्क पिउने पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । कम्पनीले करिव १० हजार भक्तजनहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराएको थियो ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यसखालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ।