बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प

बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शनिबार) बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु ​भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।



यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

 

 

सम्बन्धित समाचार