मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१ कस्केरीस्थित सेती नदीको किनारमा सोही महानगरपालिका-२५ हेम्जा बस्ने ५० वर्षीय टंक बहुदर बिक बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ पुलचोक बस्ने २८ वर्षीय माधब सुनार आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।यता ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-९ लट्टेबारी बस्ने ६३ वर्षीय गल्जे शेर्पा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-८ मोतीपुर नहरमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार