निहारिकाले अनशन तोडिन्, यस्तो भयो सहमति

न्यायको माग गर्दै काठमाडौँमा विगत १७ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच तीन बुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै निहारिकाले अनशन तोडेकी हुन् । उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् ।



सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् । राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने , डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्नेलगायत सहमति भएको छ ।

 

सम्बन्धित समाचार