नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । सिन्धुली जिल्ला कमलामाई नगरपालिका-५ घर भई हाल कास्की, पोखरा महानगरपालिका-१४ कदम मार्ग डेरा गरी बस्ने २८ वर्षीय राज कुमार सुनार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै पर्वत, पैयुँ गाउँपालिका-७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता म्याग्दी, रघुगंगा गाउँपालिका-७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका-४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मकवानपुर, थाहा नगरपालिका-३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता भक्तपुर, मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, माडी नगरपालिका-३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका-६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी अर्घाखाँची, सितगंगा नगरपालिका-११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१८ लग्धवा गाउँस्थित कच्ची बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । यता रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ दोक्लाङस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

