युक्रेनको स्वतन्त्रता दिवस लक्षित गरी रुसले भीषण आक्रमण गर्न सक्छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले थप भीषण आक्रमण गर्न सक्ने भन्नुहुँदै युक्रेनले पनि प्रतिउत्तरमा शक्तिशाली जवाफ दिने उल्लेख गरेका छन् ।

युक्रेनले सोभियत सङ्घबाट सन् १९९१ मा स्वतन्त्रता पाएको दिन र रुसी आक्रमणको ६ महिना पूरा भएको पूर्व सन्ध्यामा जेलेन्स्कीले सन् २०१४ मा रुसले आफ्नो भू–भागमा जोडेको युक्रेनी क्षेत्र क्राइमिया पनि युक्रेनी भूमिमा फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।



यसैबीच बुधबार मनाइने युक्रेनको स्वतन्त्रता दिवसलाई लक्षित गरी रुसले युक्रेन माथि भीषण आक्रमण गर्न सक्ने भनी पश्चिमा राष्ट्रहरूले चिन्ता व्यक्त गरेका छन् ।

 

 

सम्बन्धित समाचार