नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० रहेकोमा बुधबार रु ९५ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार १७५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।