मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । बाग्लुङ, गलकोट नगरपालिका-३ हटिया बस्ने ५६ वर्षीया सरस्वती कार्की सोही नगरपालिका-३ दुलाखर्कको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेज पुलको २२ नम्बर ढोकामा पाल्पा रिप्दीकोट गाउँपालिका-२ घर भई तनहुँ देवघाटस्थित राईराम मन्दिरमा बस्ने ७७ वर्षीया लक्ष्मी ढकाल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । भदौ ५ गते तनहुँ देवघाट नगरपालिका-५ स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।



यस्तै रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ परवासी बस्ने ५५ वर्षीय कुद्दु धोबी आफ्नै घरको बरन्डामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१६ कर्साघाटस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी रूपन्देही, मायादेवी गाउँपालिका-३ कलौनी बस्ने ४० वर्षीय राम प्रसाद खर्बिन्द आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ मुडिलास्थित पुलमुनी हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

यता बाग्लुङ, जैमिनी नगरपालिका-१ भडार बस्ने ८३ वर्षीया खिपकला पाध्या घर नजिकै पाखोको खोचमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-७ थली बस्ने ५३ वर्षीय देवान सिंह तामाङ घर नजिकै मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार