जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ, बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुन रहेका छन् । मिन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार