नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प गएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरूले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।