नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको जनाएको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
साथै, भिडियोमा अधिकतम् बल, बुद्धि र विवेकसहितको अठोटले कठिनभन्दा कठिन उचाइहरुसमेत सहजै चुम्न सकिने सन्देश प्रवाह गरेको छ ।
एनआईसी एशिया बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ, जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको जनाएको छ ।
भिडियो हर्न यहाँ क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=H1PXPifHtZA
https://fb.watch/feJe_aOq6D/