एनआईसी एशिया बैंकको बडा दशैंलगायत विभिन्न पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फतदुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको जनाएको छ ।

बैंकले २०७९ भाद्र १५ देखि कार्तिक १५ सम्म लागु हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मो.बैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।



सेल्फ–हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मो.बैंकमार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मो.बैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने जनाइएको छ । यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मो.बैंकभित्र रहेको iRemit आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

यस व्यवस्था अनुसार दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका साथै ग्राहकहरूको समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार