नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँ सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा, वीरगञ्ज महानगरपालिका-१२ बस्ने २७ वर्षीय सुरज पटेल रहेका छन् । भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५२ प २४२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुरजले हेलमेटभित्र लुकाई ल्याएको उक्त नगद फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

