एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल–पेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल–पेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर सम्पन्न गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अब NIC ASIA MoBank प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नेछन् । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपाल–पेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाइएको छ ।



विज्ञप्तिमा भनिएको छ– नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको यस एनआईसी एशिया मो.बैंकलाई बैंकले भर्खरै ओम्नीच्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ । यस एपबाट ग्राहकहरूले क्युआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, आइपीओ आवेदन र लकर सुविधा लिन लगातका धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकमा खाता नभएकाहरूले पनि एनआईसी एशिया मो.बैंक एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार