सन्दीपविरूद्ध बलात्कार गरेको आरोपमा जाहेरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार पीडित नाबालिगका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता परेको हो ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् ।प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । सन्दीप र युवतीबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । र त्यसैको आधारमा भेट्न बोलाएर नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् ।



किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको पनि जनाएको छ । सन्दीप हाल क्यारेबियन प्रिमियर लिगको लागि वेस्ट इन्डिजमा रहेका छन् । केन्या भ्रमणको अघिल्लो दिन सन्दीपले किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ । लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।

सम्बन्धित समाचार