नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा, शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकी रहेका छन् । भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

