मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सर्लाही, बरहथवा नगरपालिका-७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका-७ छोटल बैरिया बस्ने बीरेन्द्र यादवको १५ वर्षीय छोरा शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै मोरङ, रंगेली नगरपालिका-१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।



यस्तै सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-२ स्थित सोलु खोलामा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता काठमाडौं, नागार्जुन नगरपालिका-३ हलचोकस्थित हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी रोल्पा,परिवर्तन गाउँपालिका-५ ग्रामजिङस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार