नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ चौतारा कुमाल गाउँ बस्ने ६९ वर्षीय गोपी नेवार सोही ठाउँ भित्तेस्थित चौतारामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१० न्यरेनी घर भएका २३ वर्षीय संजिप तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-२ हल्दुघाटस्थित मोहन नदीको किनारमा दशरथचन्द नगरपालिका-७ माईखर्क घर भई हाल धनगढी उपमहानगरपालिका-१३ झलारी बस्ने १६ वर्षीया आस्था शर्मा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । भदौ २० गतेबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यता काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित गार्मेन्टमा काम गरी बस्ने महोत्तरी सम्सी गाउँपालिका-३ घर भएका ५० वर्षीय फर्मुद अन्सारी सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-१ बोल्तोस्म बस्ने ४३ वर्षीया शान्ति कुलुङ सोही गाउँपालिका-१ वालिखा जंगलमा बिहिबार मृत अवस्थामा फेला परेकी छन् । घाँस काट्न जंगल गएकी उनी घर नफर्कीएपछि खोजी गर्ने क्रममा उक्त जंगलको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

