नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।

रौतहटबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको ४ लाख ९५ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी नगरपंचायत बैरगनियाँ-१ पटेल टोला बस्ने ४५ वर्षीय लक्ष्मी कुमार साह रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

