स्रोत नखुलेको रकम सहित पक्राउ

सर्लाहीबाट स्रोत नखुलेको रकम सहित २ जना पक्राउ परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल सहित २ जना रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार