मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१९ सिङ्घिया खोलामा सोही महानगरपालिका- १ बस्ने ७५ वर्षीया दुर्गा देवी पाण्डे आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-९ जयसिङस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-४ बैरिहवा बसपार्क नजिकै सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी काठमाडौं महानगरपालिका-२१ भोटेवहालस्थित न्यू क्लासी होलिडे एण्ड भान्साघरको भूई तलामा हाल नाम, थर, वतन नखुलेकी करिब २७ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारी सानोपुल नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता ललितपुर, गोदावरी नगरपालिका-३ फुलचोकी जंगलमा हाल नाम, थर, वतन नखुलेकी करिब २८ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार