नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।

वीरगञ्जबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्सा, पोखरिया नगरपालिका-९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महमद रिजवान आलम साह रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २- ३-०१२ प २०४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भइरहेको छ ।

