नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक, एक चार्टर अकाउन्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ । योग्यता पुगेका व्यक्तिहरुले दरखास्त दिन प्राधिकरणले आग्रह गरेको छ ।
योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर २७ असोजसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । परिक्षा लोकसेवा आयोगबाट लिइने सूचनामा उल्लेख छ ।
सूचना :