नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित यात्रु प्रतिक्षालयभित्र हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ललितपुर, गोदावारी नगरपालिका-१४ हाडेगाउँ डेरा गरी बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका बागलुङ बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, कचनकवल गाउँपालिका-१ पुरन बस्ति बस्ने २५ वर्षीया मुन्नि राजबंशी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-७ नहर चोकस्थित कन्काई सिँचाई आयोजनाको नहरमा हाल नाम, थर, वतन, नखुलेका ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका-४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, भद्रपुर नगरपालिका-७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता सल्यान, कालिमाटी गाउँपालिका-५ खेरेलास्थित गोठरी खोलामा हाल नाम, थर, वतन तथा उमेर समेत खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सर्लाही, बरहथवा नगरपालिका-३ झिंयाही बस्ने ७० वर्षीय राजिन्द्र दास सोही ठाउँस्थित बुढी बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

