जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार