नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । संखुवासभा, सभापोखरी गाउँपालिका-१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका हुन् ।
त्यस्तै स्याङजा, फेदीखोला गाउँपालिका-२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका-४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता पर्वत, फलेबास नगरपालिका-२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका- १४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै चितवन, इच्छाकामना गाउँपालिका-४ कुरिनघाटस्थित सडकमा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने २८ वर्षीय आकाश बिक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता कास्की, पोखरा महानगरपालिका-१६ संगम चोक बस्ने ५८ वर्षीय टिका बहादुर कुँवर आफ्नै घरको सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनीस्थित ऐलानी गाउँ बस्ने २८ वर्षीय तिर्थराज ज्ञवाली आफ्नै घर नजिक खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

