सावित्री कंचनजंगा अगरबत्तीको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

सावित्री कंचनजंगा अगरबत्तीले विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परिसरमा रक्तदान कार्यक्रम गरेको हो ।

सावित्री कंचनजंगा अगरबत्तीले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी ‘रक्तदान नै जीवनदान हो’ भन्ने भावनाबाट अभिप्रेरित भई उक्त मानवीय कार्यमा जोडिएको जनाएको छ ।



उक्त रक्तदान कार्यक्रमबाट ३० युनिटभन्दा बढी रगत संकलन भएको थियो । त्यस्तै नि:शुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य सेवा लिएका छन् । सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

सम्बन्धित समाचार