जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली रहेका छन् । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार